Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विदेश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी, एकजना पक्राउ

विदेश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी, एकजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीको लागि विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-४ घर भएका ५२ वर्षीय शम्भुदयाल अग्रवाल रहेका छन् । अग्रवालले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकन थिए ।

त्यसपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलिले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । अग्रवाललाई थस अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट