काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा उतारचढाव, मूल्य वृद्धिदेखि मागमा परिवर्तन हुँदा आन्तरिक बजारमा सुनको भाउ निरन्तर बढिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,४७,००० पुगेको छ भने चाँदीको मूल्य रु ३,२०० कायम भएको छ।
हिजो सुनको मूल्य प्रति तोला रु २,४२,७०० र चाँदी रु ३,११५ मा कारोबार भएको थियो। यस अनुसार एक दिनमा सुनमा रु ५,२०० र चाँदीमा रु ८५ को वृद्धि आएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस ४,१४१ अमेरिकी डलर र चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij