Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजी नेता गुरुङको चेतावनी: गृहमन्त्री आर्यालले राजीनामा दिनुपर्ने

जेनजी नेता गुरुङको चेतावनी: गृहमन्त्री आर्यालले राजीनामा दिनुपर्ने

काठमाडौँ  :  जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश आर्यालले राजीनामा दिनुपर्ने बताएका छन्।

शुक्रबार सिरहाको कमला पुल निरीक्षणका लागि पुगेका गुरुङले पत्रकारसँग कुरा गर्दै भने, “गृहमन्त्री आर्याललाई अब कुर्सीमा बस्ने अधिकार छैन।”

उनले आरोप लगाए कि सरकार बनाउने बेला राष्ट्रपति कार्यालयमा वार्ता हुँदा आर्यालले जेनजीका सबै माग पूरा गर्ने वाचा गरेका थिए, तर अहिलेसम्म केही पनि कार्यान्वयन नभएको छ।

गुरुङको भनाइ छ, “यदि जेनजीको माग पूरा हुँदैन भने यस्तो गृहमन्त्री आवश्यक छैन।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट