Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

विषम परिस्थितिमा संविधान र लोकतन्त्र बचाउन राष्ट्रपति पौडेलको आग्रह

विषम परिस्थितिमा संविधान र लोकतन्त्र बचाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ  :  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्। शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो अपिल गरेका हुन्।

पौडेलले फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताए। देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको हुँदा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचनको मिति तय गरिएको उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलको विश्वास छ कि निर्वाचन परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ गर्दै नयाँ दिशा प्रदान गर्नेछ।

उनी भन्छन्, “देशले विषम परिस्थितिबाट गुज्रेर यो अवस्थामा आएको छ। संविधान, लोकतन्त्र र मुलुकको रक्षा गर्दै फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय गरिएको हो। यसको परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ गर्दै नयाँ दिशा दिनेछ। यसलाई सफल बनाउन म सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई अपिल गर्दछु।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट