काठमाडौँ : नेकपा (एमाले) ले आज ‘नेसनल भोलेन्टियर फोर्स’को ‘केन्द्रीय कमान्ड’ घोषणा गर्ने कार्यक्रम आयोजना गरेको छ। उता, भदौ २३ र २४ का घटनामा घाइते भएका जेनजी समूहका सदस्यहरू माइतीघरमा धर्नामा बसेका छन्।
धर्नामा बसेका जेनजीहरूको उपस्थितिका बीच एमालेले बबरमहलबाट नयाँ बानेश्वरतर्फ प्रदर्शन सुरु गरेको छ। प्रदर्शनपछि पार्टीले ‘नेसनल भोलेन्टियर फोर्स’को केन्द्रीय कमान्ड घोषणा गर्ने जनाइएको छ।
दुवै समूहबीच सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सो क्षेत्रमा उच्च सतर्कता अपनाउँदै ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। धर्नामा रहेका जेनजीहरूले भने जोसुकै आए पनि पछि नहट्ने स्पष्ट पारेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij