Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माइतीघरमा घाइते जेनजी समूह धर्नामा बसे

माइतीघरमा घाइते जेनजी समूह धर्नामा बसे

काठमाडौं  :  माइतीघर मण्डलमा ‘जेनजी’ समूहका घाइते प्रदर्शनकारीहरू धर्नामा बसेका छन्। शुक्रबार (मंसिर ५ गते) नेकपा (एमाले) को कार्यक्रम अघि नै उनीहरू माइतीघर भेला भएका हुन्।

एमालेले आज माइतीघरबाटै युथ भोलिन्टियर्स गठन गर्ने कार्यक्रम राखे पनि, भदौ २३ र २४ का जेनजी प्रदर्शनमा घाइते भएका सहभागीहरू माइतीघरमा पुगेका छन्।

दुवै समूहबीच सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। धर्नामा बसेका जेनजीहरूले भने जोसुकै आए पनि पछि नहट्ने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट