काठमाडौँ : ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
बिहीबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र उपमहानगरपालिकाका वडा अध्यक्षसहितका सरोकारवालाबीच भएको छलफलपछि सडक अतिक्रमण हटाउने निर्णय अघि बढाइएको हो।
योजनाअनुसार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रको अतिक्रमण हटाउन शुक्रवार सडक डिभिजन हेटौंडाले सूचना जारी गरेको छ। सार्वजनिक सूचनासँगै सडक सीमा खाली गर्ने कार्य औपचारिक रूपमा सुरु गरिएको जनाएको छ।
सरकारले सडकको दायरा कायम राख्दै यातायात सहज बनाउने उद्देश्यले यो कदम चालिरहेको बताइएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij