Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अवरोधको सामना प्रतिरोधमार्फत गरिन्छ : महेश बस्नेत

अवरोधको सामना प्रतिरोधमार्फत गरिन्छ : महेश बस्नेत

काठमाडौँ :नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए ।

एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको समेत उनले स्पष्ट पारे ।

उनले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेको उनले बताए ।

नेता बस्नेतले धारणा राखिरहँदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट