Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

लामिछाने–जोशी मुद्दा: सुनुवाइ स्थगित, बिगो रकममा विवाद कायम

लामिछाने–जोशी मुद्दा: सुनुवाइ स्थगित, बिगो रकममा विवाद कायम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।

लामिछानेका कानुन व्यवसायीले स्थगित गर्न निवेदन दिएका कारण सुनुवाइ रोकिएको हो। सुनुवाइ न्यायाधीशद्वय मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा आज तोकिएको थियो।

यसअघि उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश दिइसकेका थिए। हाल उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ एकैसाथ भइरहेको छ।

प्रतिवादीहरूका लागि कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो चार भागमध्ये एक भागको बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमा पेश गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। जोशीले पनि बिगोबापत जमानत पेश गरेका थिए। तर दुवै प्रतिवादीका भागमा कति बिगो कायम हुने भन्ने निश्चित नहुँदा रिहा गर्न नमिल्ने आदेश भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट