काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बुधबारदेखि जारी tension र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिहीबार सार्वजनिक गरिएको सन्देशमा उनले स्थिति थप जटिल, हिंसात्मक र नियन्त्रणबाहिर जान नदिन सबै पक्ष उच्च जिम्मेवारी र संयमता साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले भने, “लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ। तर त्यसलाई हिंसा, तोडफोड वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविपरीत हो।” सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सबै दलका नेता तथा कार्यकर्तालाई निर्वाध रूपले हिँडडुल गर्न, सभा–सम्मेलन गर्न सकिने वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले घोषित भएको निर्वाचन शान्तिपूर्ण, विश्वसनीय र निष्पक्ष ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले कुनै पनि घटना वा गतिविधिले नकारात्मक प्रभाव पार्न नदिन सबै सरोकारवालालाई जिम्मेवार र सतर्क रहन आग्रह पनि गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij