Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन

दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन

काठमाडौं :  मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति मध्यपुर थिमि–६ स्थित आफ्नै निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। प्रहरीले मध्यराति आएको र प्रारम्भमा गेट नखोल्दा झडप भए पनि अन्ततः उनलाई नियन्त्रणमा लिएको थियो।

प्रसाईंको गिरफ्तारीपछि सरकारको आलोचना सुरु भएको छ। जेनजी अगुवा सुदन गुरुङ र संविधानविद् भीमार्जुन आचार्यले यस गिरफ्तारीप्रति प्रश्न उठाएका छन्। सुदनले फेसबुकमा लेखेका छन्, “शान्तिपूर्ण विरोध गर्ने युवाहरूको टाउकोमा ताकेर गोली हान्नेहरूलाई सरकारले पक्राउ गर्न आँट देखाएन, तर प्रसाईंलाई अनावश्यक रूपमा पक्राउ गरियो।”

भीमार्जुन आचार्यले भने, “रातको समयमा व्यक्तिलाई गिरफ्तार गर्नु कानुनत: गलत र नागरिक शासनको ठूलो धब्बा हो। सरकारलाई यस्तो हर्कत गर्न के बाध्य बनायो? जवाफ चाहिन्छ।”

प्रसाईंको गिरफ्तारीमा केही राजावादी समर्थकहरूले पनि आपत्ति जनाएका छन्। यसअघि यस्तै अभिव्यक्ति दिएको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका थिए।

प्रहरीका अनुसार, अभिव्यक्ति स्वतन्त्रताको नाममा कानुन विपरीत काम, हिंसा भड्काउने वा राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने व्यक्तिहरू कानुनी दायरामा आउँछन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले भने, “कानुन विपरीत गतिविधि गर्ने, सार्वजनिक शान्ति भंग गर्ने वा मानिसलाई भड्काउने अभिव्यक्तिको छुट कसैलाई छैन।”

प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनको म्यादसहित अनुसन्धान अघि बढाएको छ। उनीले दूतावास र प्रहरीविरुद्ध विवादास्पद अभिव्यक्तिहरू दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij