काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सिमरा विमानस्थल वरिपरि लगाइएको कर्फ्यूको आलोचना गर्दै सरकारको सुरक्षा व्यवस्थामा प्रश्न उठाएका छन्।
एमाले महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रममा सहभागी हुन सिमरा जाँदै गर्दा ‘जेनजी’ युवाहरूले विमानस्थलमा अवरोध सिर्जना गरेका थिए। केही तोडफोड र झडपपछि स्थानीय प्रशासनले कर्फ्यू घोषणा गरेको थियो।
बस्नेतले भने, “५०–६० जना संलग्न सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत हो। संविधानले सभा–सम्मेलन र स्वतन्त्र विचार राख्ने मौलिक अधिकार दिएको छ, तर दलहरूको गतिविधि रोक्ने कार्य सरकारले गर्दैछ। फागुन २१ मा चुनाव गर्ने दाबी हास्यास्पद छ।”
उनले थपे, “हे कठपुतली सरकार, लोकतन्त्र, कानुनी शासन र सुशासनको खिल्ली उडाउने कार्य रोकिनुपर्छ। हाम्रो संघर्ष लोकतन्त्र र सुशासनको पक्षमा निरन्तर जारी रहनेछ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij