Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सिमरा विमानस्थल वरिपरि कर्फ्यू जारी

सिमरा विमानस्थल वरिपरि कर्फ्यू जारी

बारा  :  जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल क्षेत्र वरिपरि कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँ–बायाँ ५०० मिटर र विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनाअनुसार, कर्फ्यू आज मध्याह्न १२:३० बजेदेखि राति ८ बजेसम्म लागू हुनेछ। यस अवधिमा सो क्षेत्रमा आवत-जावत, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न निषेध गरिएको छ।

प्रशासनका अनुसार, ‘जेनजी’ समूहका युवाहरूको प्रदर्शन र राजनीतिक दल आवद्ध समूहबीचको झडपका कारण सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र अवस्था बिग्रन नदिन कर्फ्यू लगाइएको हो।

प्रदर्शन नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको जहाज अवतरणमा अवरोध पुर्‍याउने उद्देश्यले भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij