Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेकपा एमालेले सचिवालय बैठक आह्वान, महाधिवेशन तयारी र प्रदर्शनबारे छलफल

नेकपा एमालेले सचिवालय बैठक आह्वान, महाधिवेशन तयारी र प्रदर्शनबारे छलफल

काठमाडौं : नेकपा एमालेले बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक आह्वान गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन तयारीको विषयमा छलफल हुने छ। साथै, मङ्सिर ६ गते काठमाडौँमा आयोजना गर्न लागिएको प्रदर्शनबारे पनि बैठकमा निर्णय हुने अपेक्षा गरिएको छ।

एमालेको ११औँ महाधिवेशन मंसिर २७, २८ र २९ गते हुँदैछ भने मंसिर १३ मा देशभर एकैदिन प्रतिनिधि चयन कार्यक्रम पनि सञ्चालन हुने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij