काठमाडौँ : सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बञ्चरेडाँडा ल्याण्डफिल साइट सम्बन्धी फोहोर व्यवस्थापनबारे छलफल गर्न बोलाएका छन्।
नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए अनुसार, बासिन्दा र जनप्रतिनिधिहरूले आजबाट फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङले वार्ता गर्न मन्त्रालयमा बोलाएको हुन्।
तामाङले भने, “म मन्त्रीज्यूको निमन्त्रणामा आएका हुँ। धुनीवेशीका मेयर बालकृष्ण आचार्य पनि आउँदै हुनुहुन्छ। हामी मन्त्रालयमै आइसकेका छौँ र अन्य जनप्रतिनिधिहरू पनि आउनेछन्। फोहोर व्यवस्थापनसम्बन्धी निर्णायक वार्ता गर्ने तयारीमा छौँ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij