Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

गृहमन्त्रीमाथि संयोजक सुदन गुरुङको आक्रोश : ‘सानालाई ऐन, ठुलालाई चैन’ व्यवहारको आरोप

गृहमन्त्रीमाथि संयोजक सुदन गुरुङको आक्रोश : ‘सानालाई ऐन, ठुलालाई चैन’ व्यवहारको आरोप

काठमाडौं  : ‘हामी नेपाली अभियान’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि कठोर प्रतिक्रिया व्यक्त गरेका छन्। उनले काटमार र भड्काउ अभिव्यक्ति दिनेहरू खुलेआम सरकारलाई चुनौती दिँडदा पनि कारबाही नहुनु गृहमन्त्रीको कमजोरी भएको आरोप लगाएका छन्।

गुरुङका अनुसार सरकार ‘सानालाई ऐन, ठुलालाई चैन’जस्ता व्यवहारमा लागेको छ। शान्तिपूर्ण रूपमा विरोध गर्ने युवामाथि गोली प्रहार गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा गृहमन्त्रीमा त्यस्तो साहसदेखिएको उनले देखेनन्।

फेसबुकमा कडा शब्द प्रयोग

फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै गुरुङले लेखेका छन्, “दुर्गा प्रसाईंभन्दा धेरै भड्काउने अभिव्यक्ति दिनेहरू खुलेआम हिंडिरहेका छन्। शान्तिपूर्ण विरोध गर्ने युवाहरूको टाउकोमा गोली हान्नेहरू पनि तिनै हुन्। तर गृहमन्त्रीले तिनलाई समातेर छानबिन गर्ने आँट देखाएनन्।”

गृहमन्त्रीलाई प्रत्यक्ष प्रश्न

गुरुङले गृहमन्त्रीलाई सोधेका छन्, “आफूलाई संविधानविद् भन्नेहरू संविधानको कुन धारा हेरेर ‘सानालाई ऐन, ठुलालाई चैन’ लागू गर्छन्? विधिको शासन नचल्ने हो भने पुरानो शासन र अहिलेको बीचमा के फरक रह्यो?”

शक्तिशाली व्यक्तिहरू खुलेआम ‘लोप्पा’ खुवाउँदै हिँडिरहेको दाबी गर्दै उनले थपे, “त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्नु गृहमन्त्रीको हैसियतसँग कत्तिको मेल खान्छ?”

‘समान न्याय बिना चुनाव सम्भव छैन’

गुरुङका अनुसार मृतक र घाइतेका परिवारले खोजिरहेको न्याय, उचित सम्बोधन र सबै नागरिकका लागि समान न्यायको प्रत्याभूति नभएसम्म स्थिर र विश्वसनीय चुनाव सम्भव छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij