काठमाडौँ : राजनीतिक संकटमा फसेको मधेश प्रदेश सभाको बैठक मंगलबार बस्दैछ । उपसभामुख बबिता राउत इसरको निर्देशनमा दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक बोलाइएको छ।बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादवको नियुक्तिपछि बहुमत संख्या रहेका विपक्षी दलहरुले पदअनुकूल आचरण नगरेको भन्दै यादवविरुद्ध प्रस्ताव दर्ता गराएका थिए।
मंगलबार मात्र विभिन्न पार्टीका ३२ अर्थात एक तिहाई सांसदले उपसभामुख इसरलाई प्रदेश सभा बैठक आह्वान गर्न माग गरेका थिए। प्रदेश सभा नियमावलीअनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनुपर्ने कानुनी प्रावधान छ। सभामुखविरुद्धको प्रस्ताव रहेकाले उपसभामुखले बैठकको अध्यक्षता गर्नेछिन्।
सभामुख मण्डलविरुद्धको प्रस्ताव प्रदेश सभा सचिवले बुधबारको बैठकको अध्यक्षता गर्ने उपसभामुखसमक्ष पेश गर्नुपर्नेछ। उपसभामुखले प्रस्ताव दर्ता, छलफल र निर्णयका लागि मिति तोक्ने व्यवस्था छ । बहुमतले सो प्रस्ताव पारित भएमा सभामुख यादव स्वतः पदमुक्त हुनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij