काठमाडौं : राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वमा पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा सहभागिता जनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरूसँग चुनावी तालमेल र गठबन्धन बनाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको नेता केशव झाले जानकारी दिनुभयो।
झाले बताएअनुसार, “विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता, मोर्चा वा गठबन्धन बनाएर चुनावी प्रयोजनका लागि सहकार्य गर्ने विषयमा छलफल जारी छ। यथाशीघ्र सहमति हुने दलसँग मिलेर आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरिएको छ।”
पार्टीले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र सहभागीमुखी बनाउने पनि निर्णय गरेको छ। यसै क्रममा केन्द्रीय कार्यसमितिको गठन गरेको चुनावी रणनीति कार्यदलले उम्मेदवारीका मापदण्ड तोकेको छ। यसमा स्वदेशवादप्रतिको प्रतिबद्धता, सामाजिक योगदान, जनप्रतिनिधित्व क्षमता र सदस्यताको अवस्था लगायतका सूचक समावेश छन्।
बैठकले सबै जिल्ला समितिलाई उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij