काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्प्युटर विकासक्रममा प्रयोग हुने ‘जेनरेशन’ शब्दलाई मानव पुस्तासँग जोडेर भ्रम फैलाइएको आरोप लगाएका छन्। मङ्सिर २ गते च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले ‘जेनजी’ को व्याख्या नै गलत रूपमा प्रचार गरिएको दाबी गरे।
ओलीका अनुसार ‘जेनरेशन–Z’ भन्नाले १९९७ देखि २०१२ सम्मका प्रविधि–आधारित कम्प्युटर विकासको एक चरण जनाइन्छ, मानव पुस्ताको पहिचान होइन।
उनका शब्दमा, “यो मान्छेको जेनेरेसनसँग कुनै सम्बन्ध राख्दैन, यो त यन्त्रको विकासक्रमको कुरा हो।”
उनले मानव पुस्ताको पहिचान सामाजिक विकासका सूचकबाट नापिनुपर्ने उल्लेख गर्दै जेनजीको नाममा विद्यार्थीहरूलाई अगाडि सारेको, ढाल बनाएको र दुरुपयोग गरिएको आरोप लगाए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij