Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

दुर्गा प्रसाईँ पक्राउकाे विराेध गर्दै राप्रपाले भन्याे– बिना सर्त अविलम्ब रिहा गरियाेस्

दुर्गा प्रसाईँ पक्राउकाे विराेध गर्दै राप्रपाले भन्याे– बिना सर्त अविलम्ब रिहा गरियाेस्

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अभिव्यक्ति दिएकै आधारमा पक्राउ गरिएको विषयमा विरोध जनाएको छ । मंगलबार राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रसाईँको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको बताए ।

विज्ञप्तिमा भनिएको छ,'अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ।'

प्रसाईँलाई अविलम्ब र बिना सर्त रिहा गर्न राप्रपाले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । प्रसाईँलाई साेमबार प्रहरीले घरबाटै पक्राउ गरेकाे थियाे । उनले मंसिर ७ गते आन्दाेलनकाे घाे‍षणा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij