काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका नाममा नेपाली राज्यमाथि बङ्गलादेशभन्दा पनि गम्भीर हमला भएको दाबी गरेका छन्।
पार्टीको विघटित संसदीय दल बैठकमा बोल्दै उनले भदौ २३–२४ मा भएको आक्रमण योजनाबद्ध र राज्य–केन्द्रित रहेको बताए।
पोखरेलका अनुसार सो घटनामा “डीप स्टेट” को भूमिका भएको शंका गर्न सकिने अवस्था छ।
उनले पार्टी चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले जनपरिचालन र संगठन सुदृढीकरणमार्फत नयाँ ढङ्गले आन्दोलन पुनर्गठन गर्न आवश्यक रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij