भक्तपुर : जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा हालसम्म १३,५७६ नयाँ मतदाताको नाम दर्ता भएको छ।
निर्वाचन आयोगले असोज १० गतेदेखि १६ वर्ष पूरा गरेका नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८–२५ वर्ष उमेर समूहका दैनिक ७०० देखि १,१०० जनासम्मले नाम दर्ता गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीका अनुसार, भक्तपुरमा यस पटक कुल मतदाता संख्या दुई लाख नाघेको छ।
मतदाता नामावली संकलन प्रत्येक दिन बिहान ८ बजेबाट साँझ ६ बजेसम्म जारी रहेको छ। सेवाग्राहीहरू बिहान ६ बजे देखिनै लाइन बस्न आउने गरेको जानकारी बिसीले दिए। आयोगले मतदाता नामावली संकलन यही मंसिर ५ गतेसम्म सञ्चालन गर्ने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij