Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक, रिकभरी कार्य जारी

राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक, रिकभरी कार्य जारी

काठमान्डौ : राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै अहिले पुनःस्थापना (रिकभरी)  कार्य जारी रहेको जानकारी दिए । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरू सुरक्षित रहेको बुझिएको छ,’ काफ्लेले भने ।

हाल वेबसाइट पूर्ण रूपमा बन्द अवस्थामा छ । कसले र कहाँबाट ह्याक गरेको भन्नेबारे अनुसन्धान जारी रहेको प्रवक्ता काफ्लेले बताए । वेबसाइट सुरुआतमा खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिएको थियो । हाल भने उक्त सामग्री हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij