काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाविरुद्ध ७४ प्रदेश सभासदस्यले दायर गरेको रिटमा बुधबार पेशी हुँदैछ। मधेश प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो।
संविधानको धारा १६८ (३) बमोजिम गठन भएको सरकारविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक विधिबाट आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन्।
यसअघि सर्वोच्च अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij