Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

डेढ करोड ठगी मुद्दाका आरोपी पक्राउ

डेढ करोड ठगी मुद्दाका आरोपी पक्राउ

काठमाडौँ :  प्रहरीले भक्तपुरबाट डेढ करोड ठगी मुद्दामा फरार आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ मा बस्ने सुदर्शन पौडेल छन् ।

डेढ करोड ठगीमा संलग्न आरोपमा पौडेललाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।जग्गा दिन्छु भनेर आर.भी स्टेट्स प्रालिको नाममा उनले डेढ करोड बैना लिएका थिए । तर, अनुसन्धान गर्दा सो कम्पनी उनको नाममा नभएको भेटिएको छ । जग्गाको व्यवसाय गर्दै आएका ४५ वर्षीय पौडेल ओसियन इन्भेष्टभेन्ट प्रालिका अध्यक्ष हुन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट