बर्दिया : गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने नयाँ पुलका लागि स्रोत सहमति नहुँदा बबई नदीमा निर्माण अलपत्र परेको छ । आठ वर्षअघि बबई नदीमा आएको बाढीले बगाएको पुल निर्माण नहुँदा यस भेगका डेढ लाख बढी बासिन्दा प्रभावित भएका छन् । दुई वर्षअघि नयाँ पुल निर्माणका लागि स्रोत सहमतिको फाइल बुझाए पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट कार्यान्वयन नहुँदा रोकिएको छ ।
डिभिजन सडक कार्यालय, नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टले गत आवमा स्रोत सहमति हुन नसकी रद्द भएको बताए । 'स्रोत सहमतिका लागि पुनः सडक विभाग हुँदै मन्त्रालय पठाएका छौं, पुल निर्माणका लागि स्रोत सहमति हुना साथ काम अघि बढ्नेछ,' उनले भने । विभाग भने यस विषयमा अनभिज्ञ छ । विभागका सूचना अधिकारी उपनिर्देशक इन्जिनियर श्यामबहादुर खड्काले स्रोत सहमतिको फाइल सम्बन्धमा डिभिजन सडक कार्यालय, नेपालगन्जलाई जानकारी भएको बताए । स्रोत सहमतिका लागि विभागमा भएको फाइल मन्त्रालयमा गएर अलपत्र परेको छ ।
डिभिजन सडक कार्यालयले बर्दियाको जब्दीघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै भासिएको करिब ५ वर्षपछि ठेक्का तोडेको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साउन २८ मा भासिएको थियो । ०७९ असोज २० गते आएको बाढीले आउजाउ पूर्ण रुपमा ठप्प भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij