Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो स्पष्टीकरण

आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ :  गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ।बुधबार आयोगले आइजीपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए।

जाँचबुझ आयोगले जेनजी प्रदर्शनका क्रममा फिल्डमा को–को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो। तर,प्रहरीले विस्तृत विवरण नपठाएपछि खापुङलाई स्पष्टीकरण सोधिएको हो ।

यसअघि आयोगले आन्दोलनका क्रममा प्रहरी जवानसहित महानिरीक्षक सबै फिल्डमा भएको भनी जवाफ पठाएपछि आयोगले गत आइतबार ठाउँ विशेष छुट्याएर फिल्डमा खटिएका प्रहरीहरूको विवरण पठाउन भनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट