Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पर्यटकलाई लुट्न खोज्ने दुई जना पक्राउ

पर्यटकलाई लुट्न खोज्ने दुई जना पक्राउ

पोखरा :  पोखरा घुम्न आएका पर्यटक लुट्न खोज्ने दुई जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । जर्मन पर्यटक एन्स पिटर नार्जिनलाई आइतबार पोखराको अनदुमा हतियार देखाएर लुट्न खोजिएको थियो ।

उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको व्यास घर भई पोखरा बस्ने विशाल दर्लामी र पोखरा ९ कृष्णटोलका नविन विक छन् ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । ६६ वर्षका पिटर २ महिना अघि घुम्नका लागि पोखरा आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij