Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नेपाली सेनाको कमाण्डमा हेरफेर, कसको सरुवा कहाँ ?

नेपाली सेनाको कमाण्डमा हेरफेर, कसको सरुवा कहाँ ?

काठमाडौँ :  नेपाली सेनाले अधिकृतहरूको सरुवा गर्दै कमाण्डमा हेरफेर गरेको छ ।सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार २ जनालाई कमाण्ड, १ जनालाई व्यवस्थापक अधिकृत र ३ जनालाई सरुवा गरिएको छ ।

भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राजनीतिक नेताहरूलाई आश्रय दिने प्रमुख सेनानी गणेश खड्कालाई नम्बर २ बाहिनी अड्डा धनकुटा सरुवा गरिएको छ ।

नम्बर १ बाहिनी अड्डा बालाजूका प्रमुख सेनानी सुदिपकुमार सिंहलाई भवानीबक्स गण र सुदूरपश्चिम पृतना मुख्यालयका प्रमुख सेनानी बसन्तनाथ योगीलाई नरसिंहदल गणमा सरुवा गरिएको छ ।

नम्बर ३ बाहिनी अड्डा पोखराका प्रमुख सेनानी खिलबहादुर रानालाई व्यवस्थापक अधिकृतको रूपमा सैनिक आवासीय महाविद्यालय कैलालीमा पठाइएको छ ।

भवानीबक्स गणका प्रमुख सेनानी तेजेन्द्र मगरलाई नम्बर ५ बाहिनी अड्डा र सैनिक आवासीय महाविद्यालय कैलालीका शिव भडेललाई नम्बर २४ बाहिनी अड्डामा सरुवा गरिएको सैनिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij