Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

निर्वाचनको माहोल बन्यो : सञ्चारमन्त्री

निर्वाचनको माहोल बन्यो : सञ्चारमन्त्री

काठमाडौँ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीहरुका महत्त्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए ।

निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको बताए । सुरक्षा निकायहरूले पनि सुरक्षाकर्मीको मनाेबल नघटेको बताएको जानकारी दिए ।

सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको उनले बताए । देश, जनता र राजनीतिक दल र जेनजीको साथ सबै निर्वाचनको बाटोमा अघि बढेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट