Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेकपा एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

नेकपा एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भने, “पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्ने कुरा उठेका छन्।

तर ती सबै कुरालाई पार्टीको महाधिवेशनले गर्नेछ। त्यसकै लागि छिट्टै महाधिवेशन गर्नेभएको छ। सम्भवत भोलिको बैठकले यसबारेमा निर्णय लिनेछ।”

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नु पर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्ष निकालेकाले अब छिट्टै महाधिवेशन हुने उनले बताए।

बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको जानकारी नेता ज्ञवालीले जानकारी दिए। उनले भने, “भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाज स्वाभाविक थिए, आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोडदैनौँ, सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलन शान्तिपूर्ण हुन्छ भन्नुभएको थियो तर त्यसो भएन।”

सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानुपर्ने र सिँगो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने उनले। बैठक भोलि शनिवार पुनः बस्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट