Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रास्वपामा निर्वाचन सुझाव सङ्कलन गर्न कार्यदल गठन

रास्वपामा निर्वाचन सुझाव सङ्कलन गर्न कार्यदल गठन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टी सचिवालयको बैठकले आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव सङ्कलन कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदललाई सुझाव सङ्कलनका लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेलाई गर्न दिने निर्णय पनि गरेको छ ।

रास्वपाले केन्द्रीय सल्लाहकार परिषद् गठन गरी परिषदमा जगन्नाथ पौडेल, नमस्तेलाल भूमि, शोभा जोशी बिजुक्छे, बुद्धिलाल विश्वकर्मा, जयकिशोर लाललाई नियुक्त गरेको छ । त्यस्तै हरि ढकालको नेतृत्वमा कात्तिक १४ र १५ गते चितवनमा हुने विस्तारित बैठक व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट