काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको छलफलमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल गएका छन् । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न विघटित प्रतिनिधिसभा र सरकारका प्रतिनिधिलाई आज शुक्रबार बोलाएका थिए ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको मिति तोके पनि सरकार र राजनीतिक दलका प्रतिनिधिबिच छलफल हुन सकेको थिएन । निर्वाचन मिति तोकिएपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया सुरु गरिसके पनि दलहरूबिच निर्वाचनबारे एकरूपता हुन सकेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij