Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रशासनको सूचनापछि युवा संघको टोली पुग्यो सीडीओ कार्यालय

प्रशासनको सूचनापछि युवा संघको टोली पुग्यो सीडीओ कार्यालय

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल ¥याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएपछि एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्व जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै शनिबार विभिन्न समूहहरूले काठमाडौँका फरक–फरक स्थानमा मोटरसाइकल र्‍याली र सभा गर्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय गरिएको जनाएको थियो । त्यसलगत्तै कुरा गर्न आफूहरू जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

‘हामी अहिले छलफलका लागि प्रशासन कार्यालय आएका छौँ’, थेवेले भने– ‘छलफलपछि थप जानकारी गराउँछौ ।’ एमाले निकट युवा सङ्घले परिवर्तित राजनीतिक घटनाक्रमपछि शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली निकाल्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट