Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको समस्या उस्तै

कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको समस्या उस्तै

कालीकोट  : कालीकोट जिल्लाको सदरमुकाम मान्ममा वर्षाैंदेखि देखिँदै आएको खानेपानी अभाव अझै समाधान हुन सकेको छैन । करिब १९ हजार बढी जनसंख्या रहेको मान्म बजार क्षेत्रमा स्थायी खानेपानी आयोजना नहुँदा स्थानीयवासीले दैनिक जीवनमै ठूलो कठिनाइ भोगिरहेका छन् ।

मान्म क्षेत्रमा पानीको मुख्य श्रोत सुख्खा भइरहेको र पुराना खानेपानी आयोजनाहरू जिर्ण अवस्थामा पुगेका कारण दैनिक आवश्यकताका लागि आवश्यक पानी उपलब्ध हुन सकेको छैन । स्थानीयले बिहान–साँझ लामो दूरी हिँडेर वा निजी गाडीमार्फत महँगो मूल्य तिरे पानी आपुर्ति गराइरहेका छन् ।

खानेपानी अभावका कारण सरसफाइमा समेत समस्या भइरहेको छ । स्थानीय बासिन्दा दिपक शाहीले भन्नुभयो, ‘सरकार र सम्बन्धित निकायले पटक–पटक योजना ल्याउने आश्वासन दिँदै आएका छन् तर अहिलेसम्म व्यवहारमा केही देखिएको छैन । अर्कोतर्फ खानेपानी आपुर्ति गदै आएको खानो पानि उपभोक्ता महासंघ पनि निस्क्रिय हुँदा दैनिक सदरमुकामका नागरिकलाई समस्या हुँदै आएको छ ।

अघिल्लो वर्षमा खानेपानी आयोजना निर्माणका लागि ठेक्का समेत लाग्यो आयोजना पनि सम्पन्न भयो । तर पानी भने अहिले सम्म आएको छैन शाहीले गुनासो गर्नुभयो । लामो दुरी भिरालो ठाउँ प्राविधिक समस्या, श्रोत व्यवस्थापन र कामको ढिलाइले आयोजना अधुरो रहँदै मिलेमतोमा काम सम्पनताको प्रतिवेदन उठाउने र भुक्तानी लिने चलनका कारण मान्मको खानेपानी आपुर्तिमा थप समस्या बढिरहेको छ ।

यसैबिच, कालीकोटका स्थानीय तहहरूले पनि खानेपानीलाई प्राथमिकतामा राखेको दाबी गरे पनि वास्तविकता भने फरक रहेको स्थानीयले गुनासो गरेका छन् । पानी आपुर्तिका लागि जिम्मा लिएको वडा नं १ का वडा अध्यक्ष धर्मराज टमटाले समिति सक्रिया नुहँदा थप जटिलता भएको बताउनुभयो । समितिमा बस्ने मान्छे अलि गतिलो हुँदैन, नेपाली सेनाको ब्यारेक, जिल्ला प्रहरी, शशस्त्र प्रहरी र कारागारलाई समेत पानी आपुर्ति गर्न समस्या भईरहेको अध्यक्ष टमटाको भनाइ छ ।

स्थानीयवासीले मान्मको दीर्घकालीन खानेपानी समस्याको स्थायी समाधानका लागि सरकार, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन । मान्म निवासी उर्मिला शाही न्यौपानेले समितिकै लापर्वाहीले खानेपानी नागरिकले नपाएको गुनासो गर्नुभयो । उहाँले समिति र कर्मचारी मन लाग्दी गर्ने मन लागे पानी बनाउन जाने नत्र नजाने गरेकै कारणले आयोजना थप भत्कीदै गएको न्यौपानेको भनाइ छ ।

स्थानीय गंगा रोका मगरले शशस्त्र प्रहरी कारागारलाई समय मिलाएर पानी दिने अनि नागरिकलाई अर्काे समय प्रति घर एक वा दुई धारा मात्र दिने सातै भत्केको समयमा तुरुन्त कर्मचारीले बनाएको खण्डमा यही स्रोतले पनि पानी आपुर्ति हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij