Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

‘माग्ने राजा’को प्रतिक्रिया बुझ्न हल पुगे केदार र वर्षा

‘माग्ने राजा’को प्रतिक्रिया बुझ्न हल पुगे केदार र वर्षा

काठमाडौँ : शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘माग्ने राजा’ को प्रतिक्रिया बुझ्न निर्देशक ऋषि लामिछाने फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर शनिबार काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेका छन् । सो क्रममा उनीहरुले दर्शकसँग साक्षात्कार गरे ।

कलाकार सहित निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षको भनाइ छ । अभिनेता केदार घिमिरे आफू भुइमान्छेलाई दर्शकको आशीर्वादले उत्साहित बनाएको बताए ।

चलचित्र वितरक रोहितकुमार कट्टेलले ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि इनिसियल दर्शक पाएको दाबी गरे । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे ।निर्देशक ऋषि लामिछाने पनि तीज पछि चलचित्रका दर्शक थप बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij