Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सहकारी समाजवादको आधारशिला हो, पीडितले न्याय पाउनुपर्छ : महामन्त्री शर्मा

सहकारी समाजवादको आधारशिला हो, पीडितले न्याय पाउनुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीलाई समाजवादको आधारशिला भएको बताउँदै यसको सशक्त नियमन आवश्यक रहेको धारणा राखेका छन् ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकभर ३४ हजारभन्दा बढी सहकारी सञ्चालनमा रहेको उल्लेख गर्दै पीडितले न्याय पाउने अवस्थाको सुनिश्चितता गर्न जरुरी रहेको बताएका हुन् ।

उनले सहकारीमा जम्मा गरेको रकम डुबेका पीडितलाई प्राथमिकताका साथ न्याय दिनुपर्नेमा जोड दिए । शर्माले भने, “सहकारी समाजवादको एउटा आधारशिला हो । तर पीडितले नै न्याय पाउनुपर्छ । बुटवलकी सीता दर्जीले कमाएर जम्मा गरेको पैसा सुप्रिम सहकारीले डुबायो । सरकारले उनलाई सम्झेको छ कि छैन भन्ने प्रश्न उठ्छ । यो देशमा एउटा सीता पुजिन्छन्, अर्की सीता लुटिन्छन् ।”

उनले सरकारले गठन गरेको आयोगमार्फत सहकारी क्षेत्रका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गरे । साथै, शिक्षा क्षेत्रसम्बन्धी विधेयकका विषयमा उनले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी अघि बढ्न नमिल्ने भन्दै संवाद र संशोधनमार्फत मात्रै संसद्बाट पारित गर्नुपर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij