Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

ढल्केवर–जनकपुर–जटही सडकमा विद्युतीकरण

ढल्केवर–जनकपुर–जटही सडकमा विद्युतीकरण

जनकपुरधाम : ढल्केवर–जनकपुर–जटही ३५ किलोमिटर सडकमा रु चार करोड ३८ लाख ८९ हजारको लागतमा विद्युतीकरण भएको छ ।

सडक डिभिजन कार्यालयले सडकका दुवै किनारमा खम्बा गाड्नका साथै सौर्य प्यानल जडानका साथै अन्य विद्युतीय उपकरण जडान गरेको हो । सडक किनार विद्युतीकरणबाट बटुवालाई राति हिँडडुल गर्न सहज भएको छ ।

सडक विद्युतीकरण आयोजना पूरा भएकामा उक्त कार्यालयलाई धन्यवाद दिँदै नेपाल कम्युनिस्ट पार्टी( एमाले)का सचिव रघुवीर महासेठले सडक सुरक्षा तथा पूर्वाधार निर्माणका निम्ति सरकारले प्राथमिकता दिएको बताए । उक्त कार्यालयका प्रमुख दरोगा साहले उनले ढल्लकेवर –जनकपुरधाम –जटहीसडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणको योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij