Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

म्याग्दी ३० साउन : सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामो बागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ ।मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट