Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

महाकाली नदीमा बाढी, सवारीसाधन आवतजावतमा रोक

महाकाली नदीमा बाढी, सवारीसाधन आवतजावतमा रोक

काठमाडौं : महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।

गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएको थियो ।

पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा रहेको महाकाली नदीको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको हो ।

दुई पांग्रे सवारी साधन र मानिस आवतजावत गर्न भने रोक लगाइएको छैन ।

आज बिहान ७ बजे महाकाली नदीमा एक लाख नौ हजार ६२० क्युसेक पानी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट