Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

तनहुँमा भएको सवारी दुर्घटनामा ११ जना घाईते

तनहुँमा भएको सवारी दुर्घटनामा ११ जना घाईते

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा बिहिवार साँझ भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो एक आपसमा ठोक्किदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।दुर्घटनामा विद्युतीय माइक्रोमा सवार नौ जना र बसमा सवार दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । माइक्रोमा सवारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनाका घाइतेलाई एक जनाको दमौली स्थित रत्नहरि अस्पताल दमौली, चार जनाको मणिपाल अस्पताल पोखरा र छ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ । घाईतेको स्थानीय, प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियतामा उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट