Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

रसुवाको लहरेमा बस दुर्घटना, १६ जना घाइते, ३ को अबस्था गम्भीर

रसुवाको लहरेमा बस दुर्घटना, १६ जना घाइते, ३ को अबस्था गम्भीर

रसुवा: रसुवाको गत्लाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।आज दिउँसो उत्तरगया गाउँपालिका-५ को लहरेमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर छ ।

दुर्घटनामा परी घाइते भएका यात्रुहरुलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको स्थानीय दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।बा.६ ख. ८४३५ नम्बरको बस बिपरित दिशाबाट आएको अटोलाई साइड दिँदा सडकको छेउ भासिएर दुर्घटना परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट