Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

शुक्लाफाँटामा जङ्गली हात्तीको त्रास

शुक्लाफाँटामा जङ्गली हात्तीको त्रास

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन् । रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन् ।

स्थानीयका अनुसार यस अवधिमा ३५ भन्दा बढी परिवारको झण्डै चार विघा खेतको धानबालीमा हात्तीले नोक्सानी पुर्याएका छन् । ‘पहिले हात्ती धान पाक्ने बेला मात्र आउँथे, तर यस वर्ष बाला नलाग्दै पुगेका छन्’, स्थानीय केशवदत्त जोशीले भने, ‘यसरी निरन्तर आउँदा बाली पूर्णरूपमा सखाप हुने खतरा बढ्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट