Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

रुकुमपूर्वमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्वमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व : अविरल वर्षापछि रुकुमपूर्वको भुमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधबार बिहान पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहान करिब ६ः३० बजे आएको पहिरोले सवारीसाधन आवतजावत ठप्प पारेको हो।

घटनापछि प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २५ जनाको संयुक्त टोलीले सडक सफा गर्ने प्रयास जारी राखेको छ। सिस्ने गाउँपालिकाले पनि स्काभेटर पठाउने तयारी गरेको छ ।बुधबार बिहान रुकुमपूर्व आसपासको क्षेत्रमा भारी वर्षा भएको थियो, जसका कारण पहिरोको जोखिम अझै कायम रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट