Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवालाई सम्मान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवालाई सम्मान

काठमाडौं: अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।युनिभर्सल पिस फेडरेसन (युपिएफ)–नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका युवा उद्यमी तथा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।कार्यक्रममा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एवं सांसद एकनाथ ढकालले दिगो विकास लक्ष्य प्राप्तिमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भयो ।

त्यसबखत काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल, अन्तर्राष्ट्रिय प्रतिनिधि रिचेल जलिपा, वरिष्ठ गायक आनन्द कार्की, गायिका निशा देशारलगायतको उपस्थिति रहेको थियो । युपीएफले हरेक वर्ष युवा दिवसको अवसरमा युवाहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट