बागलुङ : चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार अबिरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।
सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।पहिरो खुलाउनका लागि आइतबारबाटै थालेपनि ठूलो पहिरो भएकाले मङ्गलबार दिउँसोबाट सवारीसाधन चल्नेगरी सडक सञ्चालनमा ल्याइएको बताउनुभयो ।
ठूला मालबाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने काम समेत भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij