काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले ४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।प्रहरी महानिरीक्षक दीपक थापाले ४१ जना डीएसपीको सरुवा गरेका हुन्। आईजीपी थापाको मंगलबारको निर्णयानुसार प्रचलित नियमानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउनेगरी प्रहरी नायब उपरीक्षकहरूको सरुवा गरिएको जनाइएको छ।



