एजेन्सी : इजरायलको सुरक्षा मन्त्रिपरिषद् बैठकले गाजा शहर नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ ।शुक्रबार बिहानसम्म चलेको सुरक्षा मन्त्रिपरिषद्ले बैठकले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको हो ।समाचारअनुसार अब इजरायल रक्षा बल (आईडीएफ) ले युद्ध क्षेत्र बाहिरका नागरिक जनसंख्यालाई मानवीय सहायताको प्रावधान सुनिश्चित गर्दै गाजा शहर कब्जाको लागि तयारी गर्नेछ ।
इजरायली प्रधानमन्त्री नेतान्याहूले सम्पूर्ण क्षेत्रमाथि पुनः नियन्त्रण लिने र अन्ततः हमासको विरोधी मित्रवत अरब सेनालाई हस्तान्तरण गर्ने योजना बनाएको घोषणा गरेका थिए । त्यसपछि बसेको सुरक्षा मन्त्रिपरिषद्को रातभरको बैठकले उनको योजना अनुमोदन गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij