Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

खाडी मुलुकहरूमा लैजान लागिएका ४० नेपाली महिलाहरूको उद्धार

खाडी मुलुकहरूमा लैजान लागिएका ४० नेपाली महिलाहरूको उद्धार

नयाँदिल्ली :  गैर कानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार गरिएको छ ।

सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा दिल्ली स्थित नेपाली राजदूतावासले ती महिलाहरूको उद्धार गरी आज नेपाल पठाएको छ ।

भारत कालागि नेपाली राजदूत डा शङ्कर शर्माले सामाजिक संन्जाल फेसबुक मार्फत यो कुरा सार्वजनिक गर्नु भएको छ।

सामाजिक संस्था ‘किन इन्डिया’का अध्यक्ष नवीन जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न क्रम पछिल्लो समय बढ्न थालेको छ। खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएको उहाँले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट