Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बादल फाट्दा उत्तरकाशीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

बादल फाट्दा उत्तरकाशीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ : भारतको उत्तराखण्डस्थित धरालीमा बादल फाट्दा मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ । घटनामा एक सय बढीलाई सुरक्षित स्थानमा उद्धार गरिसकिएको छ । फाटेको घटनापछि राहत र उद्धार कार्य जारी छ । प्रहरी, प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र सेनाको टोलीले राहत र उद्धार कार्य गरिरहेका छन् ।

विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ । उत्तराखण्ड प्रहरीका अनुसार ‘धारालीको हर्षिलमा राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।

उद्धार टोलीहरूले प्रकोप स्थलबाट १३५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।’ प्रहरीका अनुसार जिल्ला मजिस्ट्रेट उत्तरकाशी, प्रशान्त आर्य र प्रहरी अधीक्षक उत्तरकाशी, सरिता डोबलले विपद् प्रभावित क्षेत्रहरूको निरन्तर अनुगमन र निरीक्षण गरिरहेका छन् । विपद् प्रभावित क्षेत्रमा थप कर्मचारी पठाउने प्रयास भइरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट